Logo

बालुवाटारमा साँझ ६ बजे आठ दलको बैठक बस्दै, शक्ति बाँडफाँडबारे छलफल हुने



काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसको नेतृत्वमा बनेको आठ दलीय नयाँ गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज साँझ ६ बजे बालुवाटारमा बस्ने बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल विभिन्न कार्यक्रममा सहभागी हुनको लागि गोरखा पुगेका छन् ।

प्रधानमन्त्री दाहाल फर्कनेबित्तिकै बैठकको तयारी गरिने भएको छ । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका रामचन्द्र पौडेलको पक्षमा अन्य दलसँग मत माग्नेदेखि सत्ता सहकार्यबारे छलफल हुने नेताहरुको भनाई छ । आजको बैठकमा आठ दलका शीर्ष नेताहरुको सहभागिता रहने जनाईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot