Logo

कांग्रेस र एमाले दुबैले प्रतिपक्षीमा बस्छौं भनेपछि संसद् बैठक चैत ५ गतेसम्मलाई स्थगित



काठमाडौं, फागुन १७ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना जारी गर्दै बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक आगामी राष्ट्रपति र उपराष्ट्रपति चुनावपछि बस्नेगरी चैत ५ गतेसम्मका लागि सारिएको जानकारी दिएका छन् ।

सार्वजनिक सूचनामा विशेष कारणवस बैठक सारिएको उल्लेख गरिएपनि नेपाली कांग्रेस र नेकपा (एमालें दुबैले आफू प्रमुख विपक्षी दल भएको दाबी गरेपछि चैत ५ गतेसम्मलाई प्रतिनिधि सभा बैठक स्थगित गरिएको हुनसक्ने नेताहरुको धारणा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot