Logo

उपराष्ट्रपतिमा जसपाबाट दुई जनाको उम्मेदवारी पर्ने, रामसहाय र प्रमिला यादव उम्मेदवार



काठमाडौं, २७ फागुन । जनता समाजवादी पार्टीले उपराष्ट्रपतिमा पुरुष र महिला दुवै जना उम्मेदवार उठाउने भएको छ । निर्वाचन आयोगले हिजो जारी गरेको निर्देशनले गर्दा जसपाले रामसहाय प्रसाद यादवको मात्रै एकल उम्मेदवारी नदिई दुई जनाको उम्मेदवारी दिन लागेको हो ।

जसपाले एक पुरुष र एक महिला उम्मेदवार बनाउने भएको छ । यता, सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । उसले ममता झालाई उम्मेदवार बनाउने भएको छ । जसपाबाट भने प्रमिला यादवले उम्मेदवारी दिने नेताहरुले जनाएका छन् ।

जसपा र जनमत दुवै यतिवेला सत्ता गठबन्धनमा छन् । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाले उम्मेदवारी दिने भएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा दलहरुबीचसहमति नजुटेपछि जनमत पार्टीबाट एक जना र जनता समाजवादी पार्टीबाट दुई जनाले उम्मेदवारी दिने भएका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot