Logo

स्ववियु चुनाव– जनता कलेज छपियामा नेविसंको प्यानल नै विजयी



रुपन्देही । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा रुपन्देहीमा नेविसंघले जित निकालेर आफ्नो खाता खोलेको छ । रुपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी भएको नेविसंघ रुपन्देही सभापति शमशेर खड्काले जानकारी दिएका छन् ।
नेविसंघबाट सभापति पदका उम्मेदार अभिषेक कुमार यादव, सचिव मुकेश नाउ, कोषाध्यक्ष विजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन गुराव, सरिता मल्लाह, दिपेन्द्र थारु र आशिष जैसवाल विजयी भएको खड्काले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot