Logo

चितवन पुगेका प्रदीप पौडेलले भने–हामी अब ५ वर्ष नै सरकारमा रहने अवस्था बन्न सक्छ



काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले नयाँ शैलीमा काम गर्नेगरि सरकारमा जान लागेको स्पष्ट पारेका छन् । आज (मंगलबार) नेपाल ट्रेड युनियनले चितवनमा गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।

मन्त्रिपरिषद् विस्तारको मुखमा नेता पौडेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले भने,‘सरकारमा जाँदै गर्दा अब हामीले नयाँ शैलीमा काम गर्नुपर्नेछ। जनताका काम गर्दै सकारात्मक सन्देश दिने गरी नै सरकारमा जानेबारे छलफल भइरहेका छन्, हामी अब ५ वर्ष नै सरकारमा रहने अवस्था बन्न सक्छ। राम्रो काम गर्न सकियो भने बल्ल ५ वर्षपछिको चुनावमा एक्लै लड्न सकिन्छ।’

उनले योग्य मानिसहरूले अवसर पाउने परिस्थिति निर्माण गर्नुपर्ने पनि बताए। देशमा सुशासन र पद्धति तथा भ्रष्टाचार हुँदा विदेशिने बढिरहेको बताए। उनले सरकार बनाउने सन्दर्भमा गठबन्धन स्वभाविक हुने पनि बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज/भोलिभित्रै सरकारलाई पूर्णता दिने बताईसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीबाट सरकारमा क–कसलाई पठाउने भन्नेबारे गृहकार्य थालेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot