Logo

एमाले उपाध्यक्ष बिष्णु पौडेल भन्छन् : अछाम जाँदा मैले भीम रावलसँग पासर्पोट लिनु पर्दैन



काठमाडौं १५ चैत । नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले भीम रावलले पार्टी विरोधी गतिबिधि गरिरहेको आरोप लगाएका छन् ।

एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अन्तर्गत आज डोटीमा भएको कार्यक्रममा बोल्दै उनले भने ‘उहाँले कैलालीमा बसेर अछाममा मेराविरुद्ध तोप पड्काउने प्रयत्न गर्नुभएछ’ पौडेलले भने, ‘तर तोपमा गोबर हालेर पड्काउन खोज्नुभएछ, तोपमा बारुद हालेको भए पड्किन्थ्यो ।’

नेता रावलले लामो समयदेखि पार्टी विरोधी गतिविधिमा गागिरहेको उल्लेख गर्दै पौडेलले भने उहाँ अझैपनि सच्चिएर पार्टीको नियमित काममा फर्कनुहुन्छ भन्ने आसमा छौ तर उहाँको निरन्तरको गतिविधिले उहाँलाई माफिदिन सक्ने आधार कमजोर बन्दै गएको छ ।
एमालेभित्र रावलको लागि अब दुई विकल्प रहेको भन्दै कि त आफ्नो गल्ति महशुसगरि पार्टीकामा फर्कनपर्यो कि त उहाँले अर्को विकल्प रोज्नुपर्यो पौडेलले भने ।



प्रतिक्रिया दिनुहोस्