Logo

पाथिभरा दर्शन गरी फर्कंदै गरेको कार दुर्घटना हुँदा एकजनाको मृत्यु, चार घाइते



पाँचथर, चैत १८ । पाँचथरको फिदिम नगरपालिकास्थित कान्छि दोकान नजिकै कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शुक्रबार बेलुका ताप्लेजुङको पाथिभरा तिर्थयात्रा गरी फर्कने क्रममा मेचिराजमार्ग सडकबाट करिब दुइसय मिटर तल खसेर सो दूर्घटना भएको हो ।

झापा बिर्तामोड नगरपालिका( ४ नमुना टोल निवासी १८ बर्षिय रश्मा भुजेलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ४० बर्षिय सिता भुजेल, ४५ बर्षिय राजु भुजेल र ३९ बर्षिय मिना भुजेल गम्भिर घाइते भएका छन्, भने १३ बर्षिय राजमोहन भुजेल सामान्य घाइते भएका छन् । उनिहरु एकै परिवारका सदस्य हुन् ।

करिब सातबजे बाक्लो हुस्सुसँगै वर्षा पनि भइरहेको बेला सडकबाट चिप्लिएर कार खसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते चारैजनालाई थप उपचारको लागि बिर्तामोड रिफर गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot