Logo

चैत २६ मा स्ववियु निर्वाचन गर्ने आरआर क्याम्पसको निर्णय



काठमाडौँ ,१९ चैत । रत्नराज्यलक्ष्मी (आरआर)क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २६ गते हुने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकमा चैत २६ गते स्ववियु निर्वाचन गर्ने सहमति जुटेको हो । विद्यार्थी संगठनको विवादले चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो ।

स्ववियु निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गत फागुन २६ गतेदेखि आरआर कलेजमा ताला लगाएका थिए । एमाले निकट अनेरास्ववियु लाई फाइदा पुग्नेगरी निर्वाचन अधिकृतले काम गर्दै आएको भन्दै उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आएका थिए । क्याम्पस प्रशासनले नयाँ निर्वाचन अधिकृत तोक्ने र विद्यार्थी भर्ना छानाविन गर्ने भएपछि चैत २७ माम निर्वाचन गर्ने सहमति भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot