Logo

भक्तपुर औद्योगिक तथा पर्यटन महोत्सव आजदेखि



काठमाडौँ, २३ चैत । नयाँ वर्ष २०८० तथा बिस्केट जात्राको अवसरमा भक्तपुरमा आजदेखि ‘सातौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्याण्डकोे आयोजना एवं भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा सल्लाघारीस्थित नेपाल ट्रष्टको जग्गामा महोत्सव आयोजना गरिएको हो ।

भक्तपुर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी महोत्वस आयोजना गरिएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिए । महोत्सवमा खाद्यान्न, लत्ताकपडा, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडा, मोबाइल, सवारी साधनलगायतका कक्ष रहेका छन् । सामानमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

अध्यक्ष महतका अनुसार महोत्सवमा करिब पाँच लाख उपभोक्ताले अवलोकन गर्ने तथा रु १० करोडदेखि रु १२ करोडसम्मको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवका संयोजक एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाका अनुसार महोत्सवमा दुई सय कक्ष रहेका छन् । “घरायसी सम्पूर्ण सामान एकै ठाउँबाट सस्तो र सुलभरुपमा उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ ”, उनले भने । एघार दिनसम्म चल्ने महोत्सवमा विभिन्न कलाकारको साङ्गीतिक प्रस्तुति रहने बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्