Logo

आइपिएलः आज चेन्नई र राजस्थानबीच प्रतिस्पर्धा हुँदै



काठमाडौं, चैत २९ । भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको भिडन्त साँझ ७ः४५ देखि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा सुरु हुनेछ ।

लिगमा चेन्नई–राजस्थान तेस्रो जितको खोजीमा छन् । गत संस्करण उपविजेता राजस्थानले जारी प्रतियोगितामा सनराइजर्स हैदराबादलाई ७२ रनले हराउँदै विजयी सुरुवात गरेको थियो ।

दोस्रो खेलमा पञ्जाब किंग्ससँग ५ रनले हारेको राजस्थानले तेस्रो म्याचमा भने दिल्ली क्यापिटल्सविरुद्ध ५७ रनको फराकिलो जित निकाल्यो । ऊ चेन्नईविरुद्ध पनि आफ्नो लय कायम राख्दै उत्कृष्ट प्रदर्शन गर्ने सोचमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot