Logo

नर्भिकले ३०औं वार्षिकोत्सवको अवसरमा एक साताका लागि ३० प्रतिशत छुट दिने



काठमाडौं, ३० चैत्र । नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा छुट योजना ल्याएको छ । अस्पतालले आज आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन गरेर नै विशेष छुट दिने घोषणा गरेको हो ।

अस्पतालले सबै स्वास्थ्य प्याकेजमा वैशाख १ देखि ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुट दिने भएको हो । अस्पतालका अनुसार लेजर र हाइड्रा फेसियल, आइभिएफ (फर्टिलिटी प्याकेज) र म्यामोग्राफीमा एक महिनासम्म ३० प्रतिशत छुट दिने जनाएको छ । त्यस्तै अस्पतालले वैशाख महिनामा काठमाडौँ र काठमाडौँ बाहिर गरी चार वटा स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

यस्तै, अस्पतालले गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवा दिएको दाबी गरेको छ । अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले नर्भिक उच्च प्रविधि प्रयोगशाला सेवासहित मान्यता प्राप्त तथा मापदण्ड पूरा गर्ने नेपालको पहिलो अस्पताल भएको दाबी गरेका छन् ।

उनकाअनुसार क्याथेटराइजेशन स्याब स्थापना गर्ने नर्भिक देशकै पहिलो निजी अस्पताल हो । अस्पतालमा स्तरीय इन्भेसिभ र नन इन्भेसिभ कार्डियाक सुविधापनि रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot