Logo

काठमाडौंको फोहोर रोक्ने चेतावनी



काठमाडौं, ७ बैशाख । काठमाडौंको फोहोर धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाले गत २३ जेठमा भएको सम्झौता कार्यान्वयन नभए फोहोर राक्ने चेतावनी दिएका छन्।

धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाले १५ दिनभित्र यसअघि भएका सहमति र सम्झौताहरुको कार्यान्वयन नभए फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएको हो।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन लामा र धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले संयुक्त विज्ञप्ति जारी गर्दै गत जेठमा सरोकारवालाहरुका बीचमा भएको सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने माग गरेका छन्।

उनीहरुले विज्ञप्तिमार्फत मागहरु १५ दिनभित्र पूरा नभए फोहोरको ढुवानी रोक्ने चेतावनी दिएका हुन्।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot