Logo

आयोगको स्पष्टीकरणमा सत्यता नभएको मधेशका मुख्यमन्त्री यादवको दावी



काठमाडौं,१० वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगद्धारा सोधिएको स्पष्टीकरणमा कुनै सत्यता नरहेको दावी गरेका छन् ।

निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको विज्ञप्ति सार्वजनिक भएपछि एक विज्ञप्ति जारी गर्दै यादवले उक्त निर्णय प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले  आयोगको स्पष्टीकरणले भ्रममा नपर्न र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तवरबाट सम्पन्न गर्न सबैलाई  आग्रह गरेका छन् । निष्पक्ष, भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गराउन मधेस सरकारको प्रतिबद्धताअनुसार काम भइरहेको र त्यसमा कुनै आँच नआउने उल्लेख गरेका छन् । file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot