Logo

उपनिर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद : सभापति देउवा



काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिएका छन्।

सभापति देउवाले आइतबार विज्ञप्ति जारी गर्दै मतदानमा भएको उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको बताएका हुन्।

उनले भनेका छन्, ‘निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकोमा तनहुँ—१, चितवन—२ र बारा—२ का सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार एवं कृतज्ञता व्यक्त गर्दछु।’



प्रतिक्रिया दिनुहोस्

Screenshot