Logo

आज पनि पहाडी भु-भागमा वर्षाको सम्भावना



काठमाडौं, वैशाख १४ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। आज पनि देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । देशको पहाडी भू–भागका केही सथानमा वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाले आज दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने जनाएको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम प्रदेशलगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति देशका पहाडी भू(भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू(भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot