Logo

एसीसी प्रिमियर कप : कुवेतद्धारा हङकङ्गसामु २७३ रनको लक्ष्य प्रस्तुत



काठमाडौं,१४ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत समूह बी को अन्त्मि खेलमा कुवेतले हङकङ्गलाई २७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको कुवेतले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २७२ रन बनाउन सक्यो ।

कुवेतका लागि सिराज आनले सर्वाधिक ६७ र उमान पट्टेलले ५० रनको अर्धशतकिय पारी खेले । त्यस्तै एड्नान इद्रिसले ४५ रनको योगदान दिदाँ कप्तान म्होमद अस्लामले ३२ रन बनाए ।
वलिङतर्फ हङकङका इसान खानले सर्वाधिक तीन विकेट लिए ।

आजको खेलको विजेता यो प्रतियोगीताको सेमिफाइनल पुग्नेछ भने पराजित हुने टोली रित्तो हात घर फर्कने छ  ।



प्रतिक्रिया दिनुहोस्

Screenshot