Logo

अमेरीकी राजदूत थम्पसन र सुदूरपश्चिमका मन्त्री देउवाबीच भेटवार्ता



काठमाडौं, २० बैशाख । नेपालका लागि अमेरीकी राजद‍ूत डिन आर थम्पसन र सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाबीच भेटवार्ता भएको छ।

बुधबार कैलाली र कञ्चनपुरको भ्रमणका लागि प्रदेश राजधानी धनगढी पुगेका राजदूत थम्पसनलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा स्वागत गरिएको हो।

मन्त्रालयमा मन्त्रालयको टोली र राजदूतको टोलीबीच विपद्लगायत विकास निर्माणका विभिन्न विषयमा छलफल भएको मन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot