Logo

क्लबको अनुमति बिना साउदी पुगेको भन्दै मेस्सीले मागे माफी, दुई साताका लागि निलम्बन



काठमाडौं, वैशाख २३ । पेरिस सेन्ट जर्मेन (पिएसजी) को अनुमतिविनै साउदी अरब गएको भन्दै अर्जेन्टेनी स्टार लियोनल मेस्सीले गल्ति स्विकार गर्दै माफी मागेका छन् । उक्त अभियोगमा मेस्सीलाई दुई साताका लागि क्लबले निलम्बनसमेत गरेको थियो ।

मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र अब क्लबले के निर्णय गर्छ, त्यो हेर्नका लागि म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक यो सोचे कि हामीले खेल पछिको दिन बिदामा हुनेछौं, जुन अघिल्लो हप्ताहरूमा पनि भईरहेको थियो । मैले साउदी अरेबियाको यो यात्रा पहिले पनि रद्ध गरिसकेको थिए तर यसपटक भने सकिन ।’

पिएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । उनी सो सम्झौता अनुसार अब तीनवटा मात्रै खेल खेल्न पाउने छन् । सम्झौता र सिजनको अन्त्यसँगै मेस्सी पीएसजी छाड्ने तयारीमा छ । ३५ वर्षीया मेस्सी साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिकामा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot