Logo

भीम रावलको प्रश्न : दुई देशको नागरिकता र राहदानी भएको व्यक्ति कसरी गृहमन्त्री बने ?



काठमाडौं, २६ बैशाख । नेकपा (एमाले)का नेता भीम रावलले दुई देशको नागरिकता र राहदानी भएको व्यक्ति कसरी गृहमन्त्री बनेको भन्दै प्रश्न सोधेका छन्।

मंगलबार काठमाडौंमा आयोजित चलचित्र काँडेतारबारे बोल्दै उनले दुई देशको नागरिकता र राहदानी भएको व्यक्ति कसरी गृहमन्त्री बनेको भन्दै प्रश्न सोधेका हुन्।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले गृहमन्त्री रहँदा निजी कम्पनीलाई सम्पूर्ण विवरण हेर्ने अधिकार दिएको विरोध गर्दै दुई वटा देशका नागरिकता र राहदानी भएको व्यक्ति कसरी गृहमन्त्री बनेको हो? भन्दै प्रश्न गरेका छन्।

यस्तै नेता रावलले भने, ‘अर्को गृहमन्त्री नक्कली भूटानी शरणार्थी बनाउने, अर्का उपप्रधानमन्त्री त्यही धन्दामा लाग्ने, हाम्रा राज्यका मानिसहरुले यी कुरालाई गम्भीर रुपमा हेर्नुपर्छ। अहिले जुन भूटानी शरणार्थी सम्बन्धी मुद्दा छ, यो केवल ठगी मात्रै होइन, यो मानव बेचबिखन पनि हो, यो राष्ट्र बिरोधी कुकृत्य पनि हो। यो ठगी हो, अनैतिक काम हो।’



प्रतिक्रिया दिनुहोस्