Logo

खाँणलाई निलम्बन गर्ने विषयमा देउवा मौन



काठमाडौं, वैशाख २९ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा प्रहरी अनुसन्धानमा तानिएका नेता बालकृष्ण खाँणलाई पार्टीले कारबाही गर्ने कि नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद देखिएको छ ।

बुधबारबाट सुरु पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले प्रहरीले अनुसन्धानका लागि हिरासतमा पु¥याएका खाँणलाई पार्टीले निलम्बन गरेर अनुसन्धानमा सहयोग गर्नुपर्ने प्रस्ताव राखेका छन् । सो प्रस्तावमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङले समर्थन जनाएका छन् ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवाले भने खाँणबारे मुख खोलेका छैनन् । संस्थापननिकट अन्य केही नेताले भने खाँणमाथिको अनुसन्धान नसकिंदासम्म उनलाई कारबाही गर्न नहुने धारणा बैठकमा राखिरहेका छन् ।

बिहीबारसमेत सभापति देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी बैठकमा महामन्त्री थापाले खाँणलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए ।

‘खाँणले आफू निर्दोष छु भनिरहनु भएको छ, उहाँले कि आफैं म प्रहरीलाई अनुसन्धानमा सघाउँछु र अनुसन्धान नटुंगिँदासम्म पार्टीको कुनै पनि जिम्मेवारीमा रहन्न भन्नुप¥यो कि पार्टीले नै उनलाई निलम्बन गरेर अनुसन्धानमा सघाउँछ भन्नुप¥यो, कांग्रेसले बोल्नुप¥यो,’ पदाधिकारी बैठकमा महामन्त्री थापाले राखेको धारणाबारे जानकारी दिँदै कांग्रेसका एक सहमहामन्त्रीले भने ।

सहमहामन्त्री महेन्द्र यादव खुलेरै खाँणको पक्षमा उभिएका छन् । पूर्वउपसभापति विजयकुमार गच्छेदारले पनि खाँणलाई अप्ठयारो परेका बेला पार्टीले साथ दिनुपर्ने राय दिएका छन्

बैठकमा सभापति देउवाले भने कुनै ठोस जवाफ फर्काएका छैनन् । उनले पदाधिकारी तथा पूर्व पदाधिकारीले राखेका राय सुनिरहेका छन् । तर, सभापतिनिकट केही नेता भने खाँणका पक्षमा पार्टीले बोल्नुपर्ने भन्दै सभापतिलाई सुझाइरहेका छन् । खाँण कांग्रेस केन्द्रीय सदस्य हुन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot