Logo

वामदेवलाई धमलाको प्रश्नः ‘तपाईँलाई एमालेले भ्रष्टाचारीको रुपमा प्रस्तुत गरेको होइन ?’ (भिडियोसहित)



काठमाडौं, ३० वैशाख । राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले सबै नेताहरु भ्रष्टाचारी हुन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन् ।
हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भ्रष्टाचार नगरेका नेताहरु पनि रहेका बताएका हुन् ।

सोही प्रशंगमा धमलाले ‘तपाईँलाई पनि तत्कालीन एमालेले  भ्रष्टाचारीको रुपमा प्रस्तुत गरेको होइन ?’ भनी गरेको प्रश्नमा उनले भने,–‘हो । मलाई प्रस्तुत गर्न सकेन । नाम भनेको हो । तर, पछि पश्चाताप गर्यो ।’

आफूहरुलाई मनमोहन अधिकारी, माधव नेपाल, केपी ओली भएर निष्कासन गरेको स्मरण गर्दै उनले अझै पनि एमालेमा फर्कन कुनै आपत्ति नभएको उनले बताए ।
‘मनमोहन अधिकारी, माधव नेपाल, केपी ओलीहरु भएर हामीलाई निष्कासन गरेपछि हामीले अर्को पार्टी बनाउन बाध्य भयौं । किनकी मुख्य पार्टी नेकपा (एमाले) बनाउने मदन भण्डारी, जीवराज आश्रित हुनुहुन्नथ्यो । त्यो हामीले निर्माण गरेको नेकपा (एमाले) थियो । हामी बाध्य भएर निष्काशित भएपछि अर्को पार्टी बनायौं । जब त्यो चलाउन नसक्ने स्थिति आयो, फेरि आफैंले बनाएको पार्टी हो, नेता जोसुकै भएपनि के फरक पर्छ र ? हामी बरु कार्यकर्ता नै बनेर बसौंला भनेर फर्किएर नेकपा (एमाले) मा आयौं । मलाई फेरि नेकपा (एमाले) मा जान कुनै गाह्रो हुँदैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot