Logo

कालापानी क्षेत्रबाट भारतीय सैनिक तुरुन्त फिर्ता हुनुपर्छः वामदेव गौतम



काठमाडौं, ३० वैशाख । पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले भारतीय सैनिक कालापानी क्षेत्रमा बसेपछि नेपालको सार्वभौमसत्ता र स्वाधीनता खण्डित भएको बताएका छन् ।

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा कूटनीति कालीनदी सन्दर्भमा अन्तर्राष्ट्रिय कानुनको दृष्टि विषय पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतीय सैनिक त्यहाँबाट तुरुन्त फिर्ता हुनुपर्ने बताए ।

चार सय ७६ पृष्ठको उक्त पुस्तकमा नेपालको भारत–चीनबीचको सम्बन्ध र सीमा तथा बेलायतलगायत देशसँग सम्बन्धित विभिन्न आधिकारिक तथ्य, तथ्याङ्क र प्रमाण समेटिएको छ । एक हजार एक सय मूल्य रहेको उक्त पुस्तक छ खण्ड र ३२ अनुच्छेद रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot