Logo

दलालहरुको सत्ताको नेतृत्व गरेर प्रचण्डले भ्रष्टाचार निर्मूल गर्न सक्दैनन्ः प्रकाण्ड (भिडियोसहित)



काठमाडौं, ३१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले देश अहिले संकटग्रस्त अवस्थामा रहेको बताएका छन् ।
हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै भ्रष्टाचार, कमिसन, जनघातका कारण देश संकटको घडीमा पुगेको बताएका हुन् ।

‘यो देश दुई वटा कारणले गर्दा सबैभन्दा संकटपूर्ण अवस्थामा रह्यो । नम्बर एक कारण अहिलेको व्यवस्था । जो व्यवस्थाको चरित्र दलाल पुँजीवादी छ र दलाल पुँजीवादीहरुको भ्रष्टाचार, कमिसन, राष्ट्रघात र जनघातको यसले फुलफेजमा फेवर गरिराखेको छ । दोस्रो यो देशको राज्य चलाउने जो छन् ती त्यसैको प्रतिनिधि भएर जो सबैभन्दा बढि नालायक छन्, जो सबैभन्दा बढि जनविरोधी छन् । अहिले देशमा जे समस्या उत्पन्न भएको छ त्यो उनीहरुको कारणले भएको छ,’– उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रष्टाचार निर्मूल पार्ने चाहना भएपनि अहिलेको व्यवस्थाको नेतृत्व गरेर त्यो सम्भव नै नरहेको उनको भनाई छ । प्रधानमन्त्री प्रचण्डले दलालहरुको सत्तामा गएर भ्रष्टाचार उन्मूलनको कुरा गरेको उनको आरोप छ ।

‘उहाँको आफ्नो चाहना होला तर उहाँ जुन परिवेशमा हुनुहुन्छ, जो सिस्टममा हुनुहुन्छ, धेरै गाह्रो छ । च्यालेन्ज धेरै ठूला छन् । जहाँ उहाँ (प्रचण्ड) हुनुहुन्छ, त्यसको निम्ति त्यहाँ वातावरण नै छैन । भ्रष्टाचारको संरक्षण गर्न सकिन्छ । भ्रष्टाचारको निर्मूल गर्न सकिँदैन त्यहाँ गएर । भ्रष्टाचारीहरुको राज्यमा गएर, भ्रष्टाचारीहरुको व्यवस्थामा गएर दलालहरुको सत्ताको नेतृत्व गर्छौं भनेपछि कहाँबाट भ्रष्टाचार उन्मूलन गर्न सकिन्छ ?’– उनले प्रश्न गरे ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot