Logo

नक्कली शरणार्थी प्रकरणमा लिङ्देनका प्रतिक्रियाः ‘गाउँमा नेता जाँदा चोर आयो भन्छन् भनेको पुष्टि भयो’



काठमाडौं, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले ‘नेताहरु गाउँमा आएभने चोर आए भन्छन्’ भनी दिएको अभिव्यक्ति अहिले पुष्टि भएको बताएका छन् ।

हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसहितका शीर्ष नेताहरु नै मुछिनुले यो पुष्टि भएको बताएका हुन् ।

‘पुलमा पैसा खाने, बाटोमा पैसा खानेमात्रै होइन, नागरिक बेचर खानेसम्म कल्पना गर्न थालेछन् । त्यसैले त मैले भन्छु, नेताकाप्रति जनताको विश्वास छैन, पार्टीप्रति जनताको विश्वास छैन । गाउँमा गयो भने नेतालाई चोर आयो भन्छन् भनेको कुरा आज १८ महिनापछि पुष्टि भयो,’– उनले भने ।

२०४६ सालपछिका सरकारको नेतृत्व र उच्च ओदाहमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन हुनुपर्ने उनले बताए । साथै, उक्त छानविनको सुरुवात राप्रपाभित्रैबाट सुरु गर्न पनि उनले आग्रह गरे ।

‘तपाईँको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग विलय हुन्छ कि हुँदैन ?’ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘हाम्रो विचारमा रास्वपा सहमत भयो भने एकता हुनसक्ला । कतिपय विषयमा सहकार्य हुनसक्ला । तर, हामी रास्वपामा विलय हुने भन्ने कुरा हुन्छ र ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot