Logo

‘टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन किन लुकाइयो ?’



काठमाडौं, ४ जेठ । नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण थारुले टीकापुर घटनामा राजनीतिक बेइमानी भएको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले टीकापुर घटनापछि उत्पन्न समस्यालाई राजनीतिक ढंगले समाधान गर्नुको साटो जबरजस्त ढंगले अदालतमा धकेलिएको उनले आरोप लगाए ।

‘हामी अदालतको निर्णय अहिले होइन, उहिल्यैदेखि मान्दै आएको हो, मान्छौं पनि । अर्को कुरा अदालतले जसरी निर्णय गर्ने बाध्यता बनाइयो, टीकापुर मुद्दालाई, टीकापुर घटनापछि उत्पन्न समस्यालाई राजनैनिक रुपमा समाधान गर्न छोडेर जबरजस्ती अदालतमा धकेलियो । यसमा राजनीतिक बेइमानी छ,’– उनले भने ।

टीकापुर घटनाका क्रममा नाबालकको हत्या प्रहरीको गोलीबाट भएको उनको दाबी छ । लाल आयोगको प्रतिवेदनलेसमेत प्रहरीसँच्ग भएको गोली लागेर नाबालकको हत्या भएको भनी उल्लेख भएको उनको दाबी छ । ‘गिरिश्चन्द्र लालले आज भन्दा दुई महिना अगाडि जो लाल आयोगको संयोजक हुनुहुन्थ्यो, उहाँले बोल्नु भएको छ बच्चा थ्री नट थ्री राईफलको गोलीले मरेको छ । त्यो राइफल पुलिससँगमात्रै थियो,’– उनले भने ।

टीकापुर घटनाको वास्तविक दोषी को हो भन्ने कुरा आफूहरुले पनि जान्न चाहेको उनले बताए । उक्त घटना हुँदा रेशम चौधरी र आफू त्यहाँ भन्दा बाहिर भएकाले त्यसको बारेमा कुनै जानकारी नभएको उनले बताए । उक्त घटनामा रेशमको र आफ्नो कतैबाट पनि संलग्नता नरहेको उनको जिकिर छ । टीकापुर घटनाको वास्तविकता लाल आयोगको प्रतिवेदन, देवीराम शर्मा समितिको प्रतिवेदन र संसदीय सुनुवाई समितिको प्रतिवेदन सार्वजनिक भएपछि मात्रै खुल्ने उनले बताए ।

‘टीकापुरमा त्यत्रो हिंसात्मक घटना घटाउने, दुःखद् घटना घटाउने को हो ? हामी पनि जान्न चाहन्छौं । यो सत्यतथ्य भएको लाल आयोगको प्रतिवेदन किन लुकाइयो ? देवीराम शर्मा समितिको प्रतिवेदन किन लुकाइयो ? अच्चमित त हामी यहाँ छौं, छ/छ वर्ष भइसक्यो लुकाएको,’– उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot