Logo

प्रश्नोत्तर कार्यक्रमबारे एमालेको प्रतिक्रिया -कर्मकाण्डी भयो,प्रधानमन्त्रीबाट स्पष्ट जवाफ आएन



काठमाडौं,४ जेठ । नेकपा एमालेले प्रतिनिधिसभामा आज (बिहीवार) भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई कर्मकाण्डीको संज्ञा दिएको छ ।

प्रतिनिधि सभाको बैठक सकेर बहिरिने क्रममा एमाले सचिव योगेश भट्टराईले सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफ स्पष्ट नभएको भन्दै कर्मकाण्डीको संज्ञा दिएका हुन् ।

‘संसद्को प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन पहिलो कुरा । प्रश्न पहिले सोधेर उत्तर पछि ल्याएर चाहिँ जीवन्त हुँदैन ।प्रश्नोत्तर लाइभ जीवन्त हुनुपर्छ । माननीयहरूले त्यहीँ सोध्ने र प्रधानमन्त्रीले त्यहीँ जवाफ दिने गर्नुपर्छ । त्यो भए मात्रै यो आकर्षक हुन्छ। नत्र यो कर्मकाण्डी भयो ।’भट्टराईले भने । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot