Logo

अख्तियारबाट न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाबाट भएको भ्रष्टाचार नियन्त्रण हुने देखिदैन : राप्रपा नेता रावल



काठमाडौं, ४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा केन्द्रीय सदस्य विनय रावलले अहिले काम गरिरहेका अख्तियार दुरूपयोग अनुसन्धान आयागले न्यायपालिका, कार्यपालिका र ब्यवस्थापिकाबाट भएका भ्रष्टाचारहरूलाई नियन्त्रण र कारवाहि गर्ने सामर्थ्य राखेको नदेखिएको बताएका छन्।

उनले अख्तियारबाट भ्रष्टाचार नियन्त्रण भएको नदेखिएको र नागरिकको विश्वासपनि फितलो भएको बताएका छन्।

उनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि स्वतन्त्र, निष्पक्ष, शक्तिशाली आयोग गठन हुनुपर्ने सुझाव दिएका छन्। कुनै बिवाद वा आचरण खराब नभएका न्यायाधीशको संयोजकत्वमा स्वतन्त्रण आयोग गठन हुनुपर्ने उनले सुझाव दिएका छन्।

‘विगतमा वा वर्तमानमा राज्य संचालनका अंगहरू न्यायपालिका, ब्यवस्थापिका र कार्यपालिकामा कार्यरत, पेन्सनवाला वा राज्यबाट तलबभत्ता खाने उच्च पदस्थहरूको सम्पति छानबिन गरि कारवाहको दायरामा ल्याउन आवश्यक रहेको,’ उनले बताए।

उनले भने, ‘अहिले सरकार संचालनमा रहेका प्रमुख सत्तासाझेदार दलका प्रमुखहरू पुष्पकमल दाहाल (प्रचण्ड), शेरबहादुर देउवा, केपी शर्मा ओली र यीनका परिवारका सदस्यहरूलगायतका उच्च नेतृत्वहरूमाथि लगाईएका भ्रष्टाचारका आरोपहरूलाई खण्डन गर्नका लागि उहाँहरूले नै अग्रसरता देखाई चालु सदनबाट स्वतन्त्र, निष्पक्ष, शक्तिशाली आयोगको गठन नागरिक समाजको सहभागितामा गर्नुपर्छ तब मात्र यिनीहरूमाथि विश्वास गर्ने आधार रहन्छ नत्र भने यिनीहरू र यिनका परिवार माथि शंकाको सुविधा नागरिकहरूमा दिर्घकालिन समयसम्म रहिरहनेछ।’



प्रतिक्रिया दिनुहोस्