Logo

रविलक्षित पोखरेलको टिप्पणी-‘देशमा पपुलिष्ट पोलिटिक्स फाप्दैन’



काठमाडौं,७ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशलाई पपुलिष्ट पोलिटिक्स नफाप्ने दाबी गरेका छन् ।

आइतबार प्रेस चौतारी दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी र नयाँ पार्टीलाई लक्षित गर्दै नयाँ दल तथा नेताहरुबाट देशले निकास पाउन नसक्ने बताएका हुन् ।

‘समाजमा एउटा क्षेत्रमा चर्चा हुनासाथ राजनीतिमा आएर सबै परिवर्तन गर्छौ भन्ने जुन होडबाजी चलिरहेको छ । त्यस्ले  देशको वास्तविक समस्या समधान गर्न सक्दैन’। पोखरेलले भने ।

भारतमा प्रख्याँत अभिनेता अमिताभ बच्चन राजनीतिमा आएर असफल भएको स्मरण गराउँदै पोखरेलले  भने, ‘कुनै समय बलिउडका बादशाह अमिताभ बच्चन पनि चुनाव जितेर राजनीतिमा आएका थिए,’  ‘तर राजनीति त्यसरी चल्दो रहेनछ भनेर बुझेपछि उनी फेरि कलाकारितामै फर्किए । त्यो यर्थाथलाई हामी सबैले बुझ्न जरुरी छ ।उनले भने, file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot