Logo

लुम्बिनी विकास कोषका उपाध्यक्षले रकम हिनामिना गरेको आरोपमा पर्यटनमन्त्री किरातीले सोधे १३ बुँदे स्पष्टीकरण



काठमाडौं, जेठ ८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषलाई १३ बुँदे स्पष्टीकरण सोधेको छ । कार्य सम्पादन गर्ने क्रममा कोषको हित विपरीत हुने र गैरकानुनी रुपमा भएको गुनासो आएएको भन्दै मन्त्रालयले १५ दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी यथार्थ विवरण पेश गर्न भनेको हो ।

मन्त्रालयले महायान पोखरीमा बुद्धको मूर्ति बनाउन दिइएको अनुमति गुरुयोजना विपरीत भएको गुनासो आएको भन्दै यस विषयमा पनि स्पष्ट पार्न भनेको छ ।

मायादेवी मन्दिर परिसर वरपरको पोखरीका जीवजन्तु समेत नष्ट हुने गरी पोखरीमा टेन्डर निष्काशन गरिएको बारे समेत मन्त्रालयले विवरण मागेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot