Logo

पशुपतिनाथमा पित्तलको जलहरीबारे सत्यतथ्य छानविन गर्न नेम्वाङको चूनौती, भन्छन्  गम्भिर आरोप टाउकोमा बोकेर हिँड्न सक्दैनौं



काठमाडौं,१२ जेठ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पशुपतिनाथमा लगाएको सुनको जलहरीलाई सत्तापक्षका सांसदले पित्तलको भनेर गरेको टिप्पणी प्रति गम्भिर आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोलदै नेम्वाङले उक्त घटना छानविन गर्नसमेत माग गरे ।‘सत्ता पक्षतर्फबाट जिम्मेवार सांसदले जुन कुरा राख्नुभयो त्यो कुनै आधार छैन गैरजिम्मेवार छ । आफू सरकार चलाई राख्नुभएको छ । सम्पूर्ण डाडूपन्यूँ आफ्नो हातमा छ । कानूनविपरीत भएका काम कारबाहीमा कारवाही गर्ने अधिकार छ । सरकारलाई सबै कुरा थाहा छ । उहाँले भन्नुभएको मलाई विश्वास लागेन मैले घरिघरि खोलेर सुनेँ ।’

उनले भने, ‘पशुपतिमा लगाएको सुन होइन, पित्तल हो भनियो । यसबारे जनताले बुझ्न पाउनुपर्छ, सरकारले यो विषयमा जवाफ दिनुपर्छ । कुनै पनि भ्रष्टाचारका मुद्दामा कोही पनि उम्किनु हुँदैन । सत्ता पक्षले सुनको जलहरी चढाउने भनेर पित्तलको जलहरी चढाइयो भनेर भ्रष्टाचारको आरोप हामीमाथि लगायो । सत्ता पक्षले भनेपछि यो हो भन्ने हुन्छ, जनतामा त्यही कुरा जान्छ । हामी यस्तो आरोप टाउकोमा बोकेर प्रक्रिया अघि बढाउन सक्दैनौँ । यो आरोप टाउकोमा बोकेर हिँड्न सकिँदैन । दूधको दूध, पानीको पानी गरियोस् । यो सुनको जलहरी होइन भने कारबाही गरियोस् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot