Logo

नुवाकोटको टोखा छहरे सुरुङ मार्ग निर्माण अघि बढाउन १ अर्ब बजेट



काठमाडौं,१५ जेठ । सरकारले नुवाकोटको टोखा–छहरे सुरुङ मार्ग निर्माण सुरु गर्ने भएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएकाले आवश्यक तयारी पूरा गरी निर्माण कार्य अघि बढाउने बताए ।

उनले उक्त सुरुङ मार्गको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न गरी निर्माण कार्य अघि बढाउन एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्