Logo

श्रम र यौन शोषणमा परेकाको उद्धार



बैतडी, जेठ २५ । मानव तस्करले नेपाली बालबालिकालाई भारतको पिथौरागढ लगेर बेच्ने गरेको रहस्य खुलेको छ। मानव तस्कारको फन्दामा परेर बालश्रम, यौन शोषण र बलात्कारमा परेका २७ जना बालबालिकालाई त्यहाँको एक संस्थाले उद्धार गरेर संरक्षणमा राखेको छ। मानव तस्करी र बलात्कारको आरोपमा केही भारतीयमाथि मुद्दासमेत चलाइएको छ।

मानव तस्कारीबाट पीडित बालबालिका र महिलाको हितमा काम गर्दै आएको उज्वला पुनर्वास केन्द्रका सचिव सुरेन्द्र आर्यले मानव तस्करको फन्दामा परेका २७ जना नेपाली बालबालिकालाई उद्धार गरेर उज्वला पुनर्वास केन्द्र पिथौरागढमा राखिएको बताए। उनका अनुसार बालकल्याण समितिले उद्धार गरेर केन्द्रमा ल्याएका २७ जना बालबालिकामध्ये १७ जना बालश्रममा लगाइएका र १० जना यौन शोषणमा परेका पाइएको छ। उद्धार गरिएका बालबालिका दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्लाका रहेका छन्।

गरिब तथा टुहुरा बालबालिका मानव तस्करको जालोमा फसेर भारतको पिथौरागढ पुग्ने गरेको पाइएको छ। १० देखि १८ वर्ष उमेरका बालबालिकालाई श्रममा लगाउने, बेचबिखन र यौन शोषण गरेको आरोपमा केही भारतीयमाथि अदालतमा मुद्दा दर्ता भएको कानुन सहजकर्ता तनुजा पोखरियालले बताए। अदालतबाट मुद्दाको किनारा नलागुन्जेलसम्म उद्धार गरिएका बालबालिकालाई संस्थाले खाने बस्ने र पढ्न पाउने व्यवस्था मिलाएको उनले जानकारी दिए ।
गोरखापत्र दैनिकबाटचिव आर्यले बताउनुभयो।



प्रतिक्रिया दिनुहोस्