Logo

नेपाल भ्यालुयर्स एशोसिएशनको प्रतिनिधि टोली न्यूजिल्याण्डमा



काठमाडौं, २५ जेठ । ग्लोबल भ्यालुयसन कन्फ्रेन्स (ग्लोबल मूल्याङ्कन सम्मेलन) मा सहभागी हुन नेपाल भ्यालुयर्स एशोसिएशनको प्रतिनिधि टोली न्यूजिल्याण्ड पुगेको छ । न्युजिल्याण्डमा आजदेखि (२०२३ जुन ७ देखि ९ सम्म) हुने तीन दिने सम्मेलनमा सहभागी हुन नेपाल भ्यालुयर्स एशोसिएशनका कार्यकारी केन्द्रीय समिति सदस्य इन्जिनियर सचिन भट्टराई र कोशी प्रदेश सचिव विवेक श्रेष्ठ न्यूजिल्याण्ड प्रस्थान गरेका हुन् ।

यसमा न्युजिल्याड लगायत संसारभरका मूल्याङ्कनकर्ताहरुको सहभागिता रहने छ । नेपाल भ्यालुयर्स एशोसिएशनले सन् २०२० सेप्टेम्बर २० मा आईभिएससी को सदस्यता प्राप्त गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot