Logo

डिएलए नेपालको अध्यक्षमा वरिष्ठ अधिवक्ता केसी निर्वाचित



काठमाडौं, जेठ २८ । नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को अध्यक्ष पदमा वरिष्ठ अधिवक्ता सीताराम केसी निर्वाचित भएका छन् ।

पूर्वी चितवनको रत्ननगरमा सम्पन्न ११ औं महाधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनमा देशभर ८८ इकाइका प्रजातान्त्रिक पक्षधर १३ हजार कानुन व्यवसायीमध्येबाट एक हजार चार सय एक जना प्रतिनिधि सहभागी रहेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्