Logo

भवानी राणा नेपालका लागि ट्युनिसियाको अवैतनिक दूत नियुक्त



काठमाडौं, १ असार । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा नेपालका लागि ट्युनिसियाको अवैतनिक दूतमा नियुक्त भएकी छन्। हिजो (बिहीबार) एक औपचारिक कार्यक्रममार्फत ट्युनिसियाका राजदूत हाएत तल्बी इपी बिलेलले राणालाई अवैतनिक दूतको नियुक्ति पत्र दिएकी हुन्।

कार्यक्रममा नवनियुक्त अवैतानिक दूत राणाले आफूले द्धिपक्षीय पर्यटन प्रवर्द्धन र आर्थिक–सामाजिक सम्बन्ध विस्तारमा योगदान पुरयाउने विश्वास दिलाएकी छिन् ।उनले दुई देश एकआपसमा धेरै टाढा भएपनि कूटनैतिक तवरले द्धिपक्षीय समृद्धि विस्तार गर्न सक्ने कुरा राखेकी थिईन् ।

सो क्रममा उनले भनेकी छिन–‘ट्युनिसिया युरोपेली मुलुकसँग जोडिएले पनि नेपाललाई युरोपतर्फ व्यापार विस्तार गर्न सहज हुनेछ।’ सो अवसरमा नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदको पनि उपस्थितिरहेको थियो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot