Logo

पूर्वमा बाढीको वितण्डा : अझै २१ जना बेपत्ता



संखुवासभा, असार ४ । संखुवासभामा अविरल वर्षाका कारण हेवा र सभाखोलामा शनिवार राति आएको बाढीले एकको मृत्यु भएको छ भने बाढी र पहिरोमा परी २१ जना सम्पर्कविहीन भएका छन् । बाढीपहिरोले लाखौं रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ ।

बाढीपहिरोले हेवाखोलामा रहेको सुपर हेवाखोला हाइड्रोपावर र अपर हेवा हाइड्रोपावरमा ठूलो क्षति पु¥याउनुका साथै त्यहाँ कार्यरत कामदार एक जनाको मृत्य भएको छ भने १८ जना सम्पर्कविहीन रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए। बाढीपहिरोमा परी घाइते भएका ३ जनाको स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको छ ।

त्यस्तै, बाढीपहिरोले जिल्लाको सभापोखरी गाउँपालिका–३ सिवेक्पामा २ जना बेपत्ता भएका छन् भने सभापोखरी–६ स्थित मङजुवामा ६ जना पहिरोमा परी घाइते भएका छन् ।

बाढी र पहिरोमा परी विभिन्न स्थानमा बेपत्ताको प्रहरी, सशस्त्र प्रहरीलगायत जनप्रतिनिधि, स्थानीयबासीले खोजी गरिरहेको प्रहरीले जनाएको छ । बाढीपहिरोले विभिन्न स्थानका १२ घरमा पूर्ण क्षति पु¥याएको छ । बाढीले पिलुवा खोलामा रहेको विद्युत् उत्पादन शुरू गरिरहेको मेन्छेम हाइड्रोपावरमा समेत ठूलो क्षति पु¥याएको छ ।

हाइड्रोपावरको पावर हाउसलगायत पावरहाउसको ड्याम पूर्ण रूपमा क्षति पु¥याएको बताइएको छ । बाढीले हेवा र पिलुवा खोलामा रहेको २ वटा पक्की पुल बगाएको छ भने हेवा खोलामा निर्माणाधीन १ पक्की पुलमा क्षति पु¥याएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot