Logo

आठ तस्विरमा मध्यपश्चिम विश्वविद्यालयको तेह्रौं वार्षिकोत्सव समारोह



सुर्खेत, असार ४ । मध्यपश्चिम विश्वविद्यालयको तेह्रौं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । प्रदेशका मुख्यमन्त्री राज कुमार शर्माको प्रमुख आतिथ्य र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा. नन्दबहादुर सिंहको अध्यक्षतामा वार्षिकोत्वस कार्यक्रम सम्पन्न भएको हो ।

वीरेन्द्रनगर, सुर्खेत कुईनेपानी स्थित मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा आयोजित उक्त समारोहमा बोल्दै मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशको समग्र विकास र उन्नयनका लागी दक्ष जनशक्ति उत्पादनमा मध्यपश्चिम विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको कुरा व्यक्त गरे ।

उनले कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालय विच थप सहकार्य गर्दै जाने कुरा उल्लेख गर्दै कर्णालीको गरिबी, अशिक्षा र स्वास्थ सेवाको अभावका विरुद्ध एकताबद्ध संघर्ष गर्नु पर्ने बेला आएको बताए। यस पटक कर्णाली प्रदेश सरकारको निति तथा कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको अनुसन्धान र विकास कार्यक्रमका लागि सहयोग गर्ने भनि उल्लेख भएको समेत उनले जानकारी गराए ।

कार्यक्रममा उपकुलपति प्रा. डा. सिंहज्यूले मध्यपश्चिम विश्वविद्यालयको एकीकृत भीजन र विश्वविद्यालयको प्रगती विवरण प्रस्तुत गरे। उनले अबको विश्वविद्यालयहरुले संसारै भरी प्रतिस्पर्धा गर्न सक्षम विद्यार्थी उत्पादन गर्नु पर्ने र मध्यपश्चिम विश्वविद्यालय यस प्रति कटिबद्ध रहेको कुरा व्यक्त गर्दै कर्णाली प्रदेश सरकारले गरेको सहकार्य र सहयोग गर्ने प्रतिबद्दता प्रति धन्यवाद व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्