Logo

साफ च्याम्पियनसिप आजबाट सुरु, नेपाल र कुवेत भिड्दै



काठमाडौं, असार ६ । पुरुष साफ च्याम्पियनसिप फुटबलको १४ औं संस्करण आजबाट सुरु हुँदैछ। भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियम मा आयोजना हुने १४ औं साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।

यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन्।

यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन्। साफको उद्घाटन खेलमा समूह ’ए’ मा रहेको नेपालले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्नेछ। साविक उपविजेता समेत रहेको नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ।

यस्तै आजै भारत र पाकिस्तानबीच समेत प्रतिस्पर्धा हुनेछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot