Logo

आज नेपाल बेष्ट इन्डिजसँग भिडदै



काठमाडौं, असार ७ । नेपालले आज विश्वकप बिजेता वेस्ट इन्डिजसँग खेल्न प्रतिस्पर्धा गर्ने भएको छ ।

आइसिसी विश्वकप छनोट २०२३ को तेस्रो खेल अन्तर्गत नेपालले आज पहिलो पटक विश्वकप क्रिकेट बिजेता वेस्ट इन्डिजसँग खेल्न लनगेको हो । सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः४५ बजेबाट हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपालले यसअघि खेलेका दुई खेल मध्ये एकमा जीत र एकमा हार ब्योहोरेको छ । जिम्बाबेलाई राम्रो लक्ष्य दिए पनि बलिङमा जम्न नसक्दा पराजय भोगेको नेपालले अमेरिकालाई भने सानदार प्रदर्शनका साथ हराएको थियो ।

ओडिआई वरियतामा नेपाल १४ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । आजको प्रतिस्पर्धा नेपालका लागि निकै ठुलो अवसर भएको जनाउँदै क्रिकेट समिक्षकहरुले नेपालले गौरब गर्नु पर्ने टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot