Logo

अवैध लागुऔषधसहित पक्राउ



काठमाडौँ, ८ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागुऔषध चरेस जस्तो देखिने पदार्थ चार केजी ७५० ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा झापा भद्रपुर नगरपालिका–४ ठेगाना भएका २५ वर्षीय सुमन लिम्बू रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । एयर इन्डियाको उडानद्वारा काठमाडौँबाट नयाँदिल्ली हुँदै ओमन जान लागेका उनलाई विमानस्थलको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको लगेजभित्रबाट उक्त सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फल्स बटन बनाई सेतो प्लाष्टिकले बेरिएको अवस्थामा बिस्कुट आकृति बनाएको र लगेजभित्र रहेको सनपापडीको दुई वटा प्याकेट समेतमा गरी उक्त परिमाणको लागुऔषध लुकाइछिपाइ लैजाँदै गर्दा प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्