Logo

भीमदत्त नगरपालिकाका पूर्वमेयर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं, १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भीमदत्त नगरपालिकाका पूर्व नगरप्रमुख सुरेन्द्र बहादुर बिष्टसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आज (आईतबार) प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार प्राप्त गर्नुपर्ने आयमा कन्स्ट्रक्सन प्रा.लि. लाई नियम विपरित छुट दिएको भन्ने उजुरीका आधारमा दोषी पाइएपछि मुद्दा दर्ता गरिएको हो ।

उनीहरुलाई तीन करोड ३३ लाख २२ हजार पाँच सय ८३ रुपैयाँ एक पैसा विगोसहित मुद्दा दायर गरिएको छ । अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा हिनामिना भएको राजस्वलाई बिगो कायम गरी दोब्बर जरिवाना र कैद सजाय मागदाबी गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्