Logo

आज देशभर पानी पर्ने, सतर्क रहन आग्रह



काठमाडौं, असार ११ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ(गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति भने कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भागमा सामान्य बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशका धेरै भागहरू र बाँकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot