Logo

एसीसी यू-१६ इस्ट जोन कप: नेपालले दियो थाइल्यान्डलाई २७० रनको लक्ष्य



काठमाडौँ,१३ असार । नेपालले एसीसी यू-१६ इस्ट जोन कपमा थाइल्यान्डलाई २७० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाई २६९ रन बनाएको छ ।

नेपालका लागी ओपनिङ जोडी निरज यादव र सूर्यांशु कोइरालाले शतकीय साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।

निरजले ४३ बलमा ७४ रन बनाउँदै अर्धशतकिय पारी खेले भने कुल ७ सुर्यांशुले ५५ बल खेली ३ चौकासहित ४० रनको योगदान दिए । त्यस्तै सन्तोष यादवले ४२ तथा र नरेन भट्टले ५३ रनको योगदान दिए ।

अहिले नेपालले दिएको २७० रनको लक्ष्य पछयाएर जवाफी ब्याटिङमा उत्रिएको थाइल्यान्डले खराब सुरुवात गर्दै ६ ओभरको समाप्तिमा २ विकेट गुमाएर २० रन बनाएर खेलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot