Logo

आयरल्याण्डको तेस्रो विकेट पतन



काठमाडौं,१९ असार । आईसीसी विश्वकप क्रिकेटको छनोटअन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले दिएको २६९ रनको लक्ष्य पछयाएको आयरल्याण्डले तेस्रो विकेट गुमाएको छ ।

जिम्बावेमा जारी खेलमा नेपालले दिएको लक्ष्य पछयाएर जवाफी ब्याटिङमा उत्रिएको आयरल्याण्डको महत्वपूर्ण विकेट नेपालका गुल्सन झाले लिएका हुन् ।

२४ बलमा २ चौकाको मदतमा १५ रन बनाएर खेलिरहेका पावल स्ट्रेलिङलाई गुल्सनले पेबेलियनकोबाटो देखाईदिएका हुन् ।

ताजा अवस्थामा आयरल्याण्डले १३ ओभरको खेल चलिरहँदा ३ विकेटको क्षतिमा ६१ रन बनाएर खेलिरहेको छ । नेपालका करण केसी,गुल्सन झा र किसोर महतोले समान एक एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot