Logo

निर्माण व्यवसायी गौचनको हत्या आरोपमा बस्नेतलाई जन्मकैद



काठमाडौं, २० असार । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा सलंग्न भएको आरोपमा समिरमान बस्नेतलाई जन्मकैदको फैसला भएको छ।

बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्नेत र अमरबहादुर रानालाई जन्मकैदको फैसला सुनाएको हो।

हत्या अभियोगमा २४ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा मुद्दा दायर भएको थियो।

गौचनलाई काठमाडौंको शान्तीनगर दिउसै गोली हानी हत्या भएको थियो।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot