Logo

भ्रष्टाचार काण्डमा सरकारले हाँगाबिँगालाई मात्र जेल पठायो : सभापति लामिछाने



काठमाडौं, २१ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार काण्डहरूमा सरकारले हाँगाबिँगालाई मात्र जेल पठाएको आरोप लगाएका छन्।

बिहीबार डडेल्धुराको सदरमुकामस्थित् बसपार्कमा आयोजित कार्यक्रममा बोल्दै सभापति लामिछानेले भ्रष्टाचार काण्डहरूमा सरकारले हाँगाबिँगालाई मात्र जेल पठाएको आरोप लगाएका हुन्।

उनले भ्रष्टाचारका कुराहरूमा नेपाली जनता जरोसम्म पुगेको हेर्न चाहाने बताउँदै भने, ‘सरकारले हाँगाबिँगामात्र काट्यो। हाँगाबिगाँमात्र ढाल्यो। हाँगाबिगाँलाई मात्र जेल पठायो। सग्लालाई जेल पठाउन बाँकी नै छ।’

यस्तै, उनले अहिलेको सरकारले फाइल खोले जस्तो गरेर बन्द गर्ने कुनै षडयन्त्र गरेको भए त्यो षडयन्त्र ८४ सम्म जसोतसो चल्ने र त्यसपछि नचल्ने दाबी गरे।

जिस्क्याउनका लागि फाइल खोले जस्तो नगर्न र नेपाली जनताले ध्यान दिएर हेरिरहेको उनले दाबी गरे।



प्रतिक्रिया दिनुहोस्