Logo

‘भरे देख्नुहुन्छ’ भन्दै सिंहदरबारबाट बाहिरिए ओली



काठमाडौं, २४ असार । संसद्को गतिरोध अन्त्यका लागि तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । आज (आईतबार) प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी थिए ।

बैठकमा संसद्को गतिरोध हटाउने विषयमा छलफल भएको बताईको छ । प्रधानमन्त्री प्रचण्डले संसद् बैठक तीन बजेका लागि सार्न निर्देशन दिइसकेका छन् ।

‘बैठकबाट बाहिरिने क्रममा सहमति भयो अध्यक्ष ज्यू ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा ओलीले ‘भरे थाहा देख्नुहुन्छ’ भन्ने संक्षिप्त प्रक्रियामात्रै दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot