Logo

लम्पी स्किनका बारेमा सदनलाई जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ



काठमाडौं,२९ असार । सभामुख देवराज घिमिरेले पशुपक्षिंमा देखिएको लम्पिस्किन रोगका बारेमा यर्थाथ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

शुक्रबारको प्रतिनिधि सभामा सांसदहरुले लम्पि स्किन रोगका बारेमा सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले रुलिङ गरेका हुन् ।

सभामुख घिमिरेले भने ‘लम्पी स्किनका विषयमा विगतमा र आजको बैठकमा कुरा उठेको छ । यस सम्बन्धमा स्पष्ट पार्न र यो रोगको रोकथामका बारेमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई निर्देश गर्दछु’ ।



प्रतिक्रिया दिनुहोस्