Logo

एपेक्स स्माईल–२०२३ लाई सम्बोधन गर्दै ऋषि धमलाले भने–देशबाट भ्रष्टाचार निर्मूल पार्ने मेरो संकल्प छ (भिडिओसहित)



काठमाडौं, १ साउन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले आफूले देशबाट भ्रष्टाचार समाप्त पार्ने संकल्प लिएको बताएका छन् । उनले भ्रष्टाचार र कुशासन व्याप्त हुँदा देशको विकास धेरै पछि परेको भन्दै अब भ्रष्टाचारलाई देशबाट जरैदेखि उखेलेर फाल्नुपर्ने उद्घोष गरे । आज (सोमबार) एपेक्स स्माईल–२०२३ लाई सम्बोधन गर्दै धमलाले यस्तो बताएका हुन् ।

सो अवसरमा उनले अब देशलाई युवा पुस्ताले लिड गर्नुपर्ने पनि बताए । सो अवसरमा उनले कलेजका विद्यार्थीहरुले नै भोलि नेपाल बनाउने भन्दै त्यहीअनुसार आफूलाई तयार पार्न सुझाव दिए । उनले विद्यार्थीले जहिल्यैपनि आफूलाई खुशी राख्नुपर्ने र सकारात्मक सोच्नुपर्ने पनि सुझाव दिए ।

उनले आफू जस्तोसुकै तनावमा हुँदापनि हाँस्ने गरेको र हाँसेरै टक–शो सञ्चालन गर्ने गरेको स्मरण गराए । उनले विश्वका ठूला ठूला नेताहरु जतिसुकै तनावमा हुँदापनि सार्वजनिक जीवनमा भने सधैं हँसिलो मुद्रामा पेश हुने गरेको सुनाए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाका पूर्व राष्ट्रपति बाराका ओबामालगायतबाट नेपाली विद्यार्थीहरुले व्यक्तित्व विकासबारे सिक्नुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot