Logo

विपि स्मृति दिवस भव्य रुपमा मनाउन अध्यक्ष गुरुङको ५ बुदे परिपत्र



काठमाडौं, साउन ५ । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले ७७ ओटै जिल्लाका कार्यसमितीलाई बिपिजयन्ती भव्य रुपमा मनाउन परिपत्र गरेका छन् । भोली साउन ६ गते पर्ने ४१ औ बिपि स्मृति दिवसमा विभिन्न रचनात्मक कार्यक्रम गर्न परिपत्र गरिएको हो ।

साप्ताहिक रुपमा कार्यक्रम गरि बृक्ष्यारोपण ,रक्तदान फलफुल बितरण लगायत कार्यक्रम गरि पार्टी जिल्ला कार्यसमितिले गर्ने कार्यक्रममा सहयोग गर्न अध्यक्ष गुरुङले परिपत्र गरेका छन ।

आफुले गरेको कार्यको प्रतिवेदन सहित केन्द्रिय कार्यालयमा पठाउन निर्देशन दिदै विपि स्मृतिको अवसरमा बाढी ,पहिरोमा परि पिडित रहेको परिवारलाई सहयोग गर्न अध्यक्ष गुरुङ द्वारा जारी परिपत्रमा भनिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot